बिहीबार, पुष १०, २०८२

आज तपाईंको राशीले के भन्छ ?

मेरोन्यूज २०७८ पुष १५ गते ६:४४

आज वि.सं. २०७८ साल पौष महिनाको १५ गते बिहीबार, पौष कृष्णपक्षको एकादशी तिथि । आज सफलाएकादशी व्रत रहेको छ । आज गुरुङ्ग समुदायले मनाउने तमु ल्होसार पर्व रहेको छ । आज नै प्रसिद्ध साहित्यकार कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती पनि रहेको छ ।

मेष
बाठो खालको व्यक्तित्व हुँदाहुँदै पनि प्रगतिमा भने गति प्राप्त हुन सक्ने छैन् । पेशागत जीवनमा केही अन्योलताको अवस्था देखा पर्ने छ । कार्यरत संस्था परिवर्तन गर्ने वा नगर्ने भन्ने अन्योलताले सताउला । रिस नियन्त्रणमा ध्यान नदिए झैझगडाको वातावरणबाट गुज्रनु पर्ने छ । दाम्पत्य जीवनमा मनमुटाव बढ्ने छ ।

वृष
डर त्रासको वातावरणबाट पेशागत जीवन गुज्रने छ । पेशागत जीवन सोचे जस्तो हुने छैन् । बोली भने प्रभावकारी हुने छ, जसले गर्दा ठुलाबडाको विश्वास एकहदसम्म आर्जन हुने छ । तर मनोबलको कमिले गर्दा मन भित्र डर लागे जस्तो भइरहने छ । आर्थिक पक्ष अनुकुल नै रहने छ ।

मिथुन
रंग रमाईलोमा मन केन्द्रीत हुँदा कार्यसफलतामा कमि आउने छ । पेशागत जीवनमा हल्का सुधार देखा पर्ने छ । मनोबल कमजोर हुँदा मनभित्र डर लागे जस्तो हुने छ । बोलीमा नरम र शान्त खालको हुने छ । आर्थिक पक्ष औसत रहने छ ।

कर्कट
पेशागत जीवनमा बढि कडा शैली नदेखाउनु होला । रिस धेरै कडा हुने छ । चाडबाडको मुडमा रहँदा सामाजिक छवि कायम हुने छ । खर्च धेरै बढ्न जाने छ । परिवारमा रमाईलो वातावरण हुने छ । मित्रहरुसँग झैझगडा हुने खतरा देखिन्छ ।

सिंह
सृजनाहरु फुर्ने छन् । साहित्यिक क्षेत्रमा निकै रुचि बढ्ने छ । धार्मिक–आध्यात्मिक क्षेत्रमा विश्वास अक्षुण रहने छ । बोली मिठो हुँदाहुँदै पनि दाम्पत्य जीवनमा भने द्वन्द देखिन जाने छ । पेशागत जीवन मध्यम प्रकृतिको हुने छ । यात्रामा जानु पर्ने हुन सक्छ ।

कन्या
व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा मिठास वातावरण रहने छ । दृढ शैलीको मानिस हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । सपना भने नराम्रो खालको हुने छ । महत्वाकांक्षा प्राप्त गर्न तागत प्राप्त हुने भए पनि बेलाबेला आफैप्रति शंका लाग्ने छ । पेशागत जीवनमा प्रगति हुने छ ।

तुला
विदेश यात्राको अवसर प्राप्त हुने छ । दाम्पत्य जीवनमा समझदारीको कमि हुने छ । पेशागत जीवन र आर्थिक पक्षमा धैर्य रहनु होला । फ्रेस हुन कठिन भएको अनुभुति हुने छ । मनमा दुविधाका क्रम धेरै रहँदा कुहिरो भित्रको काग जस्तो महशुस हुने छ । घर घडेरी बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ ।

वृश्चिक
सवारीसाधन किन्नु पर्ने बाध्यता आउने छ । शौखिन सामानहरु खरिद गर्न मन लाग्ने छ । प्राप्त जिम्मेबारी कुशलतापूर्वक निभाउन हम्मेहम्मे पर्ने छ । जीवनसाथिको साथसहित अघि बढेमा जोखिम कमि हुने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने भएकाले धैर्य बन्ने प्रयास गर्नु होला । आर्थिक क्षेत्र असन्तुलित बन्ने छ ।

धनु
पेशागत जीवन औसत रहने छ भने आम्दानीमा बृद्धि हुन कठिन हुने छ । कडा खालको व्यक्तित्व बन्ने छ । भैझगडाको अवस्था जबर्जस्ति निम्तिने छ । दृढ खालको व्यक्तित्व हुने भए पनि आवश्यक ठाउँको पहिचान गरी लचकता अपनाए फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ ।

मकर
कारुणिक स्वाभावका कारण अरुलाई सहयोग गर्दा आनन्द मिल्ने छ । स्वास्थ्यले साथ दिने छैन् । कला, साहित्य तथा संगीतको क्षेत्रमा रुचि बृद्धि हुने छ । परिवारमा शान्तिपूर्ण वतावरण बन्ने र त्यसले निकै ठुलो राहत दिने छ । यात्रामा कठिनाई व्योहर्नु पर्ने छ । पेशागत जीवनमा आरोप प्रत्याराप खेप्नु पर्ला ।

कुम्भ
आम्दानीमा बृद्धि हुने छ । पेशागत क्षेत्रमा नयाँनयाँ अवसरका ढोकाहरु खुल्ने छन् । सवारी साधनसम्बन्धी दुःख खेप्नु पर्ने छ । खर्च पनि बढ्ने छ । यात्रामा दुविधा उत्पन्न हुन जाँदा निर्णय क्षमतामा गिरावट आउने छ । आफन्तको माझमा सम्मान बृद्धि हुने छ । राखिएका लक्ष्यमा अन्योल रहने छ । दाम्पत्य जीवनमा मधुरता रहने छ ।

मीन
अध्ययन अध्यापनमा प्रगति देखिने छ । पेशागत जीवनमा ठिक्क महत्वाकांक्षा लिएर अघि बढ्दा नै उपयुक्त हुने देखिन्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विदेश यात्रामा अवरोध आउने छ । पारीवारिक जीवन मिठास बन्ने छ । गलत संगतमा फस्ने डर देखिएकाले सतर्क रहनु होला । नशालु पदार्थको सेवन त्याग्न दृढ बन्नु होला ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया