लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
मेरोन्यूज
२०८३ वैशाख २२ गते १६:०६

काठमाडौँ । अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ ।
आज नेप्से परिसूचक आठ दशमलव ७८ अंकले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।
आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन ०५, लघुवित्त शून्य दशमलव २१ र निर्जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया