बुधबार, पुष ९, २०८२

यी हुन्, जाडोमा दम बढ्नुका कारण, यसरी बचौँ

डा. अशेष ढुंगाना २०७८ पुष १५ गते १२:१७

काठमाडौँ । जाडो महिनामा चिसो हावाका कारण दम बढी देखिन सक्छ । जाडोमा चिसो हावा लाग्ने हुँदा यस्ता विरामीहरुलाई छिटो असर गर्ने हुन्छ ।

जसले स्वास फेर्ने नलीको आकारलाई साँघुर बनाउने हुन्छ । जसले गर्दा दम देखिने हुन्छ । धुम्रपान गर्ने मानिसले अन्य समयको तुलनामा जाडोमा बढी धुम्रपान गर्दा त्यसले पनि दम बढाउने गरेको देखिन्छ ।

जाडोमा लामो समयसम्म घरभित्र बस्ने र भेन्टिलेसनसमेत बन्द गर्नाले थप कठिनाई हुने गर्दछ । जाडोमा वायु प्रदुषणको मात्रा बढेको हुन्छ । चिसो हावा जमिनको नजिकै हुन्छ । जसले अझ असर गर्ने हुन्छ ।

कतिपयलाई जाडो महिनामा मात्र दम देखिने समस्या देखिन्छ । जाडोमा विभिन्न छातीसम्बन्धी प्रकोपहरुले भाइरल इन्फेक्सन (इन्फुएन्र्जा), रुघाखोकीको प्रकोप, अन्य संक्रमण सम्भावनाको जोखिम बढी हुन्छ । जाडोमा विभिन्न प्रकारका धुँवा निस्कने हिटर, कोइला बाल्ने र कमल बाल्ने चलन छ । यसले गर्दा दम देखिएका विरामी तथा सामान्य मानिसमा पनि दम देखिन सक्छ ।

धुँवा ननिस्कने इलेक्ट्रोनिक हिटरहरु र ग्यास हिटरहरुले खासै असर गर्दैन् । लामो समयदेखि हिटरको अगाडि बसेका मानिसमा नाक सुख्खा हुने समस्या, केहीलाई खोकी बढ्ने समस्या हुन्छ । ग्यास हिटर लिग भएर विभिन्न प्रकारका दुर्घटना हुने खतरा हुन्छ । त्यस्ता कुरामा ध्यान दिनुपर्छ । तर यस्ता हिटरले स्वास प्रश्वाससम्बन्धी समस्या भने ल्याउँदैन् ।

स्वास्थ्य संस्थाको कम पहुँच जिल्लाबाट उपचारका लागि आएका विरामीहरूको दम बिग्रेर विभिन्न प्रकारका इन्हेलरले समेत काम गर्दैन् । विशेष गरी स्वास प्रश्वास प्रक्रियामा नै समस्या हुने हुन्छ ।

अक्सिजनको मात्रा कम हुने, अस्पतालको एमर्जेन्सीमा निमोनिया भएर वा स्वास प्रश्वासको गम्भिर समस्या भएर आएका हुन्छन् । जाडोमा घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नु पर्दछ । फ्रिजमा राखिएका चिसो खाने कुरा खानु हुँदैन ।

कतिपयलाई जाडोमा हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने एलर्जी हुन सक्छ । एलर्जी हुनुबाट टाढै बस्नु राम्रो मानिन्छ । यस्ता एलर्जी भइहाले तुरुन्त उपचार गर्नु पर्दछ ।

दमबाट बच्न के गर्ने ?

झ्याल ढोका बन्द गरेर हिटरहरुको प्रयोग नगर्ने ।

धुम्रपान नगर्ने ।

न्यायो कपडाको प्रयोग गर्ने

धुँवा आउने मकल र हिटर आदि (सकेसम्म नबाल्ने)

झोलिलो र स्वस्थ्यकर खानेकुरा खाने ।

वायु प्रदुषणको मात्रा कम गर्ने ।

दमका बिरामीले इन्हेलर औषधीको नियमित प्रयोग गर्ने ।

गुणस्तरीय मास्कको प्रयोग गर्ने ।

एलर्जीबाट बच्न भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्ने

(वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. ढुंगानासँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया