बिहीबार, फागुन २८, २०८२

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

मेरोन्यूज २०७८ पुष १५ गते १३:३०

कैलाली । कैलालीको धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार एक समारोहका बीच जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले डोरी तानेर ब्यानर उद्घाटन गरेका थिए ।२०७४ सालको निर्वाचन प्रदेशको डोटी जिल्लामा गरिएको थियो । यस वर्ष निर्वाचन आयोगले धनगढीमा गर्ने निर्णय गरेको थियो । सो अवसरमा बोल्दै अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए ।

उनका अनुसार यही १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइने छ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुने छ । प्रदेशमा एक महिला, दलित र अन्य पदका लागि निर्वाचन हुने छ ।

निर्वाचन अधिकृत पनेरुले धनगढीस्थित प्रदेशसभा सचिवालयमा दुईवटा मतदानकेन्द्र स्थापना गरी मतदान गराइने बताए । सोका लागि एक मतदान केन्द्रमा तीनवटा मतपेटिका राखिने छ । तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया