राप्रपासँग नजिकिए रबीन्द्र मिश्र, पार्टी एकताबारे छलफल

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रबीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग नजिकिएका छन् । वैकल्पिक धारको युवाहरुको पार्टी विवेकशीलसँग पार्टी एकता गरी नेतृत्व लिएका मिश्र राप्रपासँग पार्टी एकता गर्ने पहल स्वरुप छलफल थालेका छन् ।
शुक्रबार विहान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणासँग उनले पार्टी एकताका बारेमा छलफल गरेका छन् । लिङदेन र राणासँगको छलफलपछि मिश्रले भेटको फोटो आफ्नो ट्वीटरमा पोष्ट गरेका छन् ।
राप्र्रपा अध्यक्ष लिङदेन र महामन्त्री राणसँग राजनीति, समाज र देशको भविष्यबारे आशाजनक संवाद भएको मिश्रले बताएका छन् ।
सो क्रममा मिश्रले आफूले लेखेको किताव ‘राजनीतिसँगै राजकाज’ दुवै नेतालाई हस्तान्तरण गरेका थिए ।
‘राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन तथा महामन्त्री धवलशमशेरराणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तथा आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’– मिश्रले ट्वीट गरेका छन् ।
पछिल्लो समय विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले विचार भन्दामाथि देश भन्दै संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्तावअघि सारेपछि सो पार्टीमा आन्तरिक विवाद चुलिएको छ । त्यसको काउन्टर गर्दै साविक विवेकशील पक्षका चार जनाले छुट्टै दस्तावेज सार्वजनिक गरेका थिए । विवाद चुलिँदै जाँदा मिश्रले विवेकशील साझाका संयोजक मिलन पाण्डेसहित विवेकशीलका संस्थापक युवाहरुलाई कारबाही गरेका छन् ।
मिश्रको पछिल्लो अवधारणाले राप्रपालाई मिश्रसँग नजिकाएको हो । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको अकालत गर्दै आएको छ भने मिश्रले राजसंस्थाको पक्षमा सार्वजनिक अभिब्यक्ति दिँदै आएका छन् ।
राप्रपा महामन्त्री राणाकाअनुसार, मिश्रले आफूहरुसँग पार्टी एकताकाबारेमा छलफल गरेका छन् ।
समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ । त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ ।
एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए ।
यो पनि पढ्नुस्ः
रबीन्द्र मिश्रको ‘इन्ट्री’ ले विवेकशील समूह तितरबितर
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया