‘कृषिलाई उद्योगमा बदलौँ ’– अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए ।
एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । “कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उनले भने, “यस क्षेत्रलाई व्यवस्थित र संगठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”
किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी संघले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताए । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो ।


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया