आइतबार, पुष १३, २०८२

चिसोबाट बच्न आग्रह, कहाँको मौसम कस्तो ?

मेरोन्यूज २०७८ माघ १७ गते ७:०१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भागमा आंशिक बदली रही तराईका भागमा हुस्सु र कुहिरो लागिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशको उच्च भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आग्रह गरेको छ ।

प्रतिक्रिया