भारतमा कोभिड संक्रमित दर घट्दो, मृत्युदर बढ्यो
मेरोन्यूज
२०७८ माघ १७ गते १०:४३
काठमाडौँ । भारतमा कोभिड १९ संक्रमितको संख्या घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेको संख्या बढ्दो छ ।
पछिल्लो २४ घण्टामा दुई लाख जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिब ३४ हजारले कमी हो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांकसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल ४ लाख ९५ हजार जनाको मृत्यु भएको छ ।
कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् ।
ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई बधाई दिएका थिए ।
सम्बन्धित
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया