मन्त्रिपरिषद् निर्णयः दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ माघ १७ गते २०:४५

काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूध प्रतिलिटर साढे ६ रुपैयाँ वृद्धि गरेको हो ।
किसानहरुले दूधको मूल्य बढाउनुपर्ने भनी लामो समयदेखि माग गर्दै आएका थिए । किसानको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकबाट १३.१७ प्रतिशत मूल्य वृद्धि गरेको हो ।
दूधको भ्याट र एसएनफ (धृतांश बाहेकको ठोस पदार्थ) का आधारमा दूधको मूल्य वृद्धि गरिएको हो । किसानले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत बढी पाउनेछन् ।
मूल्यवृद्ध गरिएसँगै किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम भएको छ ।
उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।
दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले गठन गरेको समितिले प्रतिलिटर प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया