सहायक प्रजिअलाई कोरोना भएपछि हुम्ला प्रशासनको सेवा बन्द
मेरोन्यूज
२०७८ माघ १७ गते २१:३३

सिमकोट । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आइतबार बेलुका सामान्य टाउको दुख्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि सूचना टाँस गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रशासनले राहदानी नागरिकता, सिफारिस बाहेक अन्य सेवा प्रदान नगरिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राई हाल होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहल बताए ।
सम्बन्धित















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया