बुधबार, जेठ ७, २०८२

चारदिनदेखि हिउँमा फसेका बाबुछोराको अझै उद्धार भएन

मेरोन्यूज २०७८ पुष १७ गते ९:५७

काठमाडौं । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुन सकेको छैन ।

चौँरीगोठ सार्ने क्रममा उनीहरु हिउँमा फसेका थिए ।

उनीहरुलाई उद्धार गर्न शनिबार मात्रै हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उनका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका छन् ।

वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान मात्रै फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण उनीहरु बीच बाटोबाट नै फर्किएका थिए ।

प्रतिक्रिया