ढुंगानालाई अनलाइन जर्नालिजम अवार्ड

काठमाडौं । पत्रकार केपी ढुंगानालाई अनलाइन जर्नालिज्म अवार्डु प्रदान गरिएको छ। अनलाइन पत्रकार संघको ११औं साधारण सभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरेका थिए । इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । पुरस्कारको राशी ५० हजार रहेको छ।
अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्याले बताए। पत्रकार कुवेर चालिसेको सञ्योजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो।
कार्यक्रममा पत्रकार कुवेर चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताएका थिए। यस्तै उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने पनि बताए।
ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन्। कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, राजधानी दैनिक, पहिलोपोस्ट, शुक्रवार साप्ताहिक र नेपाललाइभडटकममा काम गरेका ढुंगाना अहिले उकेराडटकमको प्रधान सम्पादक छन्। उनी अन्तरदेशिय अपराध सम्बन्धी पुस्तक ओपन सेक्रेटका लेखक हुन्।
अनलाइन अब मुलधार हो
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन सन्चारमाध्यम अब मुलधारको पत्रकारिता बनिसकेको भन्दै यसमा कुनै समस्या भए सरकार सहजीकरण गर्न तयार रहेको बताएका थिए।
उनले अन्य सन्चारमाध्यमझैँ अनलाइन सञ्चारमाध्यमलाई समेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधी बनिरहेको भन्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधीबारे सोच्न समेत नसक्ने बताएका थिए।
सापकोटाको नेतृत्वमा नयाँ समिति
११ औँ अधिवेशनले शनिवार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल चयन गरेको छ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया