माओवादी महाधिवेशन
माओवादीलाई केन्द्रीय सदस्य छान्नै सकस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहमतिबाटै केन्द्रीय समिति चयन गर्न निकै सकस देखिएको छ ।
शनिवार केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन समापन गर्ने कार्यक्रम भए पनि केन्द्रीय सदस्य छान्न सकस भएपछि आइतबार दिउँसो २ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ ।
केन्द्रीय सदस्य छान्नका लागि प्रदेश प्रदेशलाई जिम्मा दिइएको थियो । आज (आइतबार) २ बजेसम्म केन्द्रीय समिति चयन गरी बन्दसत्रमा घोषणा गर्ने योजना नेतृत्व पंक्तिको छ ।
यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो । पदाधिकारीमा शीर्ष नेताहरुले सहमति खोजेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।
माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । सो निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया