प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ । दशौं अधिवेशनअन्तर्गत संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो माग सम्बोेधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।
एमालेले संसदको नवौं अधिवेशनदेखि नै संसद बैठक अबरुद्ध गर्दै आएको छ । प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुख सापकोटाले संसदका कामकारवाही अगाडि बढाउँदै आएका छन् ।
एमालेले पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै निरन्तर संसदमा नाराबाजी र विरोध गर्दै आएको छ ।
















देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया