प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ । दशौं अधिवेशनअन्तर्गत संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो माग सम्बोेधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।
एमालेले संसदको नवौं अधिवेशनदेखि नै संसद बैठक अबरुद्ध गर्दै आएको छ । प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुख सापकोटाले संसदका कामकारवाही अगाडि बढाउँदै आएका छन् ।
एमालेले पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै निरन्तर संसदमा नाराबाजी र विरोध गर्दै आएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया