सोमबार, पुष ७, २०८२

माओवादी महाधिवेशनमा उम्मेदवार मनोनयन र मतदान आजै

मेरोन्यूज २०७८ पुष १८ गते ९:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार आइतबार अपरान्ह २ बजेदेखि उम्मेदवार मनोनयन दर्ता गरी आज नै मतदानको कार्यक्रम तय गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम संशोधन गरी आज उम्मेदवार मनोनयन, दावी विरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज नै बेलुका ६ः २५ देखि मतदानको कार्यक्रम तय गरेको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाए पनि माओवादी शीर्ष नेतृत्व भने कुनै पनि पदमा निर्वाचन नगर्ने योजनामा छ ।

२ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने गरी शनिवार विधान मस्यौदा पारित भएपछि केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई दिइएको थियो । केन्द्रीय सदस्यका साथै पदाधिकारीमा सहमति जुटाउन नेताहरु प्रयासरत छन् ।

निर्वाचन तालिका

यो पनि पढ्नुस्ः

माओवादीलाई केन्द्रीय सदस्य छान्नै सकस

प्रतिक्रिया