पठनपाठन रोक लगाएका मेडिकल कलेजको छानबिन गर्न जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौं ।चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा अक्तिरित शुल्क बुझाउँन विद्यार्थीलाई दबाब दिई पठनपाठन रोक लगाएका मेडिकल कलेजको छानबिन गरी प्रतिवेदन पठाउँन गृह मन्त्रालयले जिल्ला प्रसासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले ललितपुर ,भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके र जुम्ला जिल्ला प्रसासनलाई कानून विपरित अक्तिरिक्त शुल्क बुझाउँन विद्यार्थीलाई दबाब दिई पठनपाठन रोक लगाएका मेडिकल कलेजको छानबिन गरी प्रतिवेदन पठाउँन निर्देशन दिएको हो ।
तोकिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउँन आवश्यक पहल गर्न र सो-को प्रतिवेदन पठाउँनगृहले आग्रह गरेको छ।
यसअघि गत विहिबार डा गोविन्द केसीेले प्रधानमन्त्री शेरबहादुर देउवालाई केएमसी लगायतका कलेजले विद्यार्थीलाई २० लाखभन्दा बढी शुल्क मागेको विषयमा छलफल गरेका थिए । उक्त छलफलमा देउवाले कानुन विपरित कार्य गर्ने मेडिकल कलेजलाई कावार्ही गर्ने बताएका थिए ।
त्यसैगरी, गत साता मात्र काठमाडौं मेडिकल कलेज (केएमसी)ले अन्य अक्तिरित २०लाख रकम विद्यार्थीलाई मागेपछि विद्यार्थीहरुले जिल्ला प्रसासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । उजुरी पश्चात केमसीका सञ्चालक सुनिल शर्माले जिल्ला प्रसासनले बोलाएको थियो । तर उक्त विद्यार्थी र सञ्चालकको छलफल विना निष्कर्ष टुगिएको थियो ।

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया