पठनपाठन रोक लगाएका मेडिकल कलेजको छानबिन गर्न जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौं ।चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा अक्तिरित शुल्क बुझाउँन विद्यार्थीलाई दबाब दिई पठनपाठन रोक लगाएका मेडिकल कलेजको छानबिन गरी प्रतिवेदन पठाउँन गृह मन्त्रालयले जिल्ला प्रसासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले ललितपुर ,भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके र जुम्ला जिल्ला प्रसासनलाई कानून विपरित अक्तिरिक्त शुल्क बुझाउँन विद्यार्थीलाई दबाब दिई पठनपाठन रोक लगाएका मेडिकल कलेजको छानबिन गरी प्रतिवेदन पठाउँन निर्देशन दिएको हो ।
तोकिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउँन आवश्यक पहल गर्न र सो-को प्रतिवेदन पठाउँनगृहले आग्रह गरेको छ।
यसअघि गत विहिबार डा गोविन्द केसीेले प्रधानमन्त्री शेरबहादुर देउवालाई केएमसी लगायतका कलेजले विद्यार्थीलाई २० लाखभन्दा बढी शुल्क मागेको विषयमा छलफल गरेका थिए । उक्त छलफलमा देउवाले कानुन विपरित कार्य गर्ने मेडिकल कलेजलाई कावार्ही गर्ने बताएका थिए ।
त्यसैगरी, गत साता मात्र काठमाडौं मेडिकल कलेज (केएमसी)ले अन्य अक्तिरित २०लाख रकम विद्यार्थीलाई मागेपछि विद्यार्थीहरुले जिल्ला प्रसासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । उजुरी पश्चात केमसीका सञ्चालक सुनिल शर्माले जिल्ला प्रसासनले बोलाएको थियो । तर उक्त विद्यार्थी र सञ्चालकको छलफल विना निष्कर्ष टुगिएको थियो ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया