मंगलबार, पुष ८, २०८२

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

मेरोन्यूज २०७८ पुष १८ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि दोस्रोपटक केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक सोमबार दिउँसो २ बजे केन्द्रीय पार्टी कार्यालयमा बोलाइएको हो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि केन्द्रीय समिति बैठक बोलाइएको बताए ।

पौडेलका अनुसार कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको बताइएको छ । राष्ट्रिय सभा सदस्यका लागि १२ माघमा निर्वाचन हुँदैछ ।

मंगलबार भने उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन । उम्मेदवार छान्न संसदीय बोर्डसमेत गठन गरिएको छैन ।

प्रतिक्रिया