मछिन्द्र एएफसी कपमा छनोट

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले दोस्रोपटक एएफसी कप छनोटमा खेल्ने भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बनेको थियो ।
खेलको २१औं मिनेटमा विशाल राईको फ्रिकिकमा ‘अनमार्क’ रहेका सुनिलले गरेको हेडरले जाली चुमेको थियो। जारी लिगमा सुनिलको यो पाँचौं गोल हो। लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको थियो ।
अघिल्लो सिजन च्याम्पियन भएपनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप क्वालिफायर खेल्ने अवसर गुमाएको थियो । यसपटक भने मछिन्द्रसँगै आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । यी चार क्लबमध्येमा अगाडि रहँदै मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो ।
अर्को दाबेदार मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १-० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो । बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया