सोमबार, वैशाख ७, २०८३

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

मेरोन्यूज २०८३ वैशाख ७ गते ९:११

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आजको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । यसअघि बैशाख २ गते बसेको अनुशासन समितिको बैठकले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो ।

बैठकले नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसबीचमा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिए पछि सभापति थापाले आइतबार नेता खड्कासँग भेट गरेका छन् ।केन्द्रीय अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाइरहेका बेला भएको सभापति थापा र नेता खड्काबीचको भेटले स्थितिलाई सामान्यिकरण गर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया