राष्ट्रियसभा सदस्यमा भागबण्डा मिलाउन सत्ता गठबन्धन जुट्दै

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दैछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमवार विहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।
आगामी फागुनदेखि २० सांसदको चार वर्षे कार्यकाल पूरा हुँदैछ । कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ ।
नेकपा (एमाले)बाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।










एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया