राष्ट्रियसभा सदस्यमा भागबण्डा मिलाउन सत्ता गठबन्धन जुट्दै

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दैछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमवार विहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।
आगामी फागुनदेखि २० सांसदको चार वर्षे कार्यकाल पूरा हुँदैछ । कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ ।
नेकपा (एमाले)बाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया