झण्डै आठ लाख मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा झण्डै आठ लाख मतदाता थपिएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन अभियान चलिरहँदा अहिलेसम्म ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले गत मंसिर १७ देखि देशब्यापी रुपमा मतदाता नामावली संकलन अभियान चलाएको छ ।
संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो ।
आयोगले अहिले पनि २ सय २५ स्थानमा नामावली संकलन जारी राखेको छ । स्थानीय तह स्तरमा भएको नामावली संकलन कार्य सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । स्थायी ठेगानाभन्दा फरक स्थानमा बसोबास गर्ने २८ हजारले पनि नाम दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार इलाका र जिल्ला प्रशासन, निर्वाचन कार्यालयमा सार्वजनिक बिदाको दिनबाहेक नामावली दर्ता गराउन सकिने जनाएको छ ।
चुनावको मिति घोषणा नभएसम्म नामावली संकलन जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख १४ देखि २२ सम्म गर्न सरकारलाई प्रस्ताव गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि ०७९ फागुन २० भित्र गरिसक्नुपर्नेछ ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया