यी हुन् कर्णाली प्रदेशबाट एमालेका राष्ट्रियसभा सदस्यका उम्मेदवार

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो ।
राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले बताए ।
राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले) फागुन १८ पदावधि सकिदैँ छ । अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउनका सकेका छैनन् ।
कर्णालीमा कस्तो छ मतभार
राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा मतभारका हिसावले सबैभन्दा ठुलो दल माओवादी केन्द्रमा रहेको छ । एमाले दोस्रो , नेपाली कांग्रेस तेस्रो दल, नेकपा (एकीकृत समाजवादी) चौथो र रापप्रा नेपाल पाँचौँ दलका रुपमा रहेको छन् ।
माओवादी केन्द्रका स्थानीय तहमा ५२ पदाधिकारी छन् । उनीहरूको मतभार ९३६ र प्रदेश सांसद १२ जनाको ५७६ मतभार गरेर कुल १५१२ मतभार छ ।
एमालेकासँग प्रदेश सांसद १३ जना छन् । उनीहरुको मतभार ६२४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार ८१० रहेको छ । एमालेसँग कुल मतभार १४३४ रहेको छ ।
नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार ७२० र ६ जना प्रदेश सांसदको २८८ मतभार छ । कांग्रेससँग कुल मतभार १००८ मत छ ।
कर्णालीमा एकीकृत समाजवादीका तीन जना प्रदेश सांसद छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि छन् । प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १८ हुन्छ । तीन जना प्रदेश सांसदको मतभार १४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार २३४ जोड्दा ३७८ रहेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया