शनिबार, फागुन ३०, २०८२

राष्ट्रियसभा सदस्यका लागि सत्ता गठवन्धनले सिट बाँडे

मेरोन्यूज २०७८ पुष १९ गते १३:१५

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले राष्ट्रियसभा सदस्यका लागि सिट वाँडफाँड गरेका छन् ।

सोमवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका लागि १९ सदस्य पद बाँडेका हुन् ।

जसअनुसार नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको पाँच पाँच तथा जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सदस्य दिने सहमति भएको छ ।

यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

Advertisement
nepal life insurencenepal life insurence

यसोगर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाउनेछन् । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश १ मा खालि रहेका ३ सिटमा महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ नेपाली काँग्रेस र अल्पसंख्यकको सिट जसपालाई दिइएको छ ।

त्यस्तै प्रदेश २ मा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट दिइएको छ ।

वागमती प्रदेशमा अन्यमा नेपाली काँग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी) ले सिट पाएका छन् भने गण्डकी प्रदेशमा महिलामा काँग्रेस, अन्य तथा दलितका लागि माओवादी केन्द्रले सिट पाएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा पुरुषतर्फ खुल्ला नेपाली काँग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी), दलितमा राष्ट्रिय जनमोर्चालाई सिट दिइएको छ ।

कर्णाली प्रदेशमा महिला नेपाली काँग्रेस, अपाङ्ग सिटमा माओवादी केन्द्र, खुल्लामा नेकपा (एकीकृत समाजवादी)लाई सिट दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा खुल्लामा नेपाली काँग्रेस, दलितमा माओवादी केन्द्र, महिलामा नेकपा (एकीकृत समाजवादी)लाई सिट दिने निर्णय भएको पनि सञ्चारमन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीले विवेकपूर्ण र तर्कसम्मत हिसावले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँड गरेर उम्मेदवारी दिने निर्णय सत्तारुढ दलहरुले गरेको बताए ।

प्रतिक्रिया