सातदोबाटोलाई हराउँदै हिमालयन पाँचौं स्थानमा उक्लियो

काठमाडौं । सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको एक मात्रै खेलमा शेर्पाका लागि ४४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । प्रतियोगितामा शेर्पाको यो लगातार तेस्रो जित हो ।
सातदोबाटोका डिफेन्डर पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई बक्सभित्र लडाएपछि गरेपछि पाएको पेनाल्टीलाई विश्वासले सदुपयोग गरे ।खेलको इन्जुरी समयमा शेर्पाका अमृत श्रेष्ठले मार्टिन नाङ्गालाई बक्स भित्र लडाएपछी पाएको पेनाल्टी मार्टिनलेनै सदुपयोग गर्न सकेनन् । शेर्पाका गोलरक्षक दीप कार्कीले उनको पेनाल्टी बचाएका थिए । औसत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने केहि अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।
जितसँगै शेर्पा सात खेलबाट ११ अंकसहित सातौं चरणको समाप्तिमा तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ । यसअघि शेर्पाले च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गरेको थियो । योसँगै सातौं चरणका खेल सकिएका छन् । साविक विजेता मछिन्द्र फुटबल क्लब सात खेलबाट १७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया