सातदोबाटोलाई हराउँदै हिमालयन पाँचौं स्थानमा उक्लियो

काठमाडौं । सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको एक मात्रै खेलमा शेर्पाका लागि ४४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । प्रतियोगितामा शेर्पाको यो लगातार तेस्रो जित हो ।
सातदोबाटोका डिफेन्डर पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई बक्सभित्र लडाएपछि गरेपछि पाएको पेनाल्टीलाई विश्वासले सदुपयोग गरे ।खेलको इन्जुरी समयमा शेर्पाका अमृत श्रेष्ठले मार्टिन नाङ्गालाई बक्स भित्र लडाएपछी पाएको पेनाल्टी मार्टिनलेनै सदुपयोग गर्न सकेनन् । शेर्पाका गोलरक्षक दीप कार्कीले उनको पेनाल्टी बचाएका थिए । औसत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने केहि अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।
जितसँगै शेर्पा सात खेलबाट ११ अंकसहित सातौं चरणको समाप्तिमा तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ । यसअघि शेर्पाले च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गरेको थियो । योसँगै सातौं चरणका खेल सकिएका छन् । साविक विजेता मछिन्द्र फुटबल क्लब सात खेलबाट १७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया