पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार १२ हजार ४९८ को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पाँच हजार पाँचजना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो समय थप २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९८ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् ।
यस्तै, शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार हजार ७५३, संस्थागत आइसोलेशनमा २५२, आइसियुमा ८९ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ ।
एकै दिन तीन लाखले लगाए खोप
आज अहिलेसम्मकै सबैभन्दा बढी जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार आज तीन लाख ४४ हजार ४४ जनाले खोप लगाएका हुन् । हालसम्म पहिलो मात्रा एक करोड ४३ लाख ६० हजार ६८३ र पूर्ण मात्रा एक करोड पाँच लाख ९७ हजार ७९७ ले खोप लगाइसकेका छन् ।
















Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया