पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा

पोखरा । पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगर कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि गोरखामा बिदा दिइएको थियो ।
सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो । ‘पृथ्वी जयन्तीको दिन नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ ।
पृथ्वीनारायण शाह गोरखामा जन्मिएका हुन् भने गोरखाबाटै राष्ट्रिय एकीकरण अभियान सुरु गरेका थिए । दिवसकै अवसरमा पालिकाले तीन दिने कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन २५ गते मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ भने दोस्रो दिन २६ गते द्रब्यशाह चौतारादेखि ठूलो आँगनसम्म ९ किलोमिटरमा दौड प्रतियोगिता आयोजना गरिएको मेयर राजनराज पन्तले जानकारी दिए ।
उनका अनुसार २७ गते बिहान अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ भने दिउँसो झाँकी र्याली हुनेछ । साँझ पृथ्वीनारायण शाहको सालिक भएको ठाउँमा पत्रकार महासंघले दीप प्रज्वलनको कार्यक्रम गर्ने छ । दिवस मनाउन मेयर पन्तको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल समिति गठन गरिएको छ ।
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया