चितवन सिडियोको ‘दादागिरी’को मत्स्य ब्यवसायी किसानद्वारा भर्त्सना

चितवन । चितवनमा प्रमुख जिल्ला अधिकारी (सिडियो) आसमान तामाङले मत्स्यपालन किसानहरुमाथि अमर्यादित ब्यवहार प्रदर्शन गरेका छन् । प्रजिअ तामाङको ब्यवहारले किसानहरु त्रसित बनेका छन् ।
बजारमा फर्मालिनयुक्त भारतीय माछाहरु विक्री भइरहेको अवस्थामा मत्स्यपालक किसानहरुले त्यस्ता माछाहरुको अनुगमनका लागि निवेदन दिएकोमा प्रशासनले बेवास्ता गर्दै आएको छ ।
आइतबार प्रजिअ चढ्ने ना १ झ ४९९ नम्बरको सरकारी गाडीमा प्रजिअ तामाङकी श्रीमति नेपाल मत्स्य ब्यवसायी संघ चितवन अध्यक्ष खगेन्द्र सुवेदीको फार्म अक्वा ब्रिडर्स नेपालमा पुगेर प्रतिकेजी ३ सय रुपैयाँको दरले माछा किनेर लगेकी थिइन् ।
सोही दिन बेलुका एक्कासी प्रजिअकै नेतृत्वमा आएको टोलीले माछा ब्यवसायी लुलाराज तामाङलाई गाली गलौज र दुब्र्यवमार गरेको थियो । टोलीले तामाङको डिप फ्रिजमा ताला लगाउने काम गरेकोमा ब्यवसायीहरुले प्रशासनको दादागिरी भनेका छन् ।
ब्यवस्था गर्दै पोखरीको ताजा माछाको बजार प्रवद्र्धनका लागि प्रतिवद्ध किसानहरु प्रति यसप्रकारको दुरुत्साहन गरेको भन्दै मत्स्य ब्यवसायी संघले घटनाको भत्र्सना गरेको छ ।
प्रशासनले प्रशासन प्रतिनिधि सुनिल लम्साल, जिल्ला भेटेनरी अस्पतालका डा.प्रभात न्यौपाने र नेपाल मत्स्य ब्यवसायी संघका केन्द्रीय अध्यक्ष अब्बिकाप्रसाद अधिकारीको संयुक्त हस्ताक्षरमा भ्याकुम शिल प्याक गरी पसलमा रहेको माछाहरुको नमुना गुणस्तर परीक्षणका लागि पठाइएको छ ।

















साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया