मंगलबार, पुष १, २०८२

अटो सफारीको यात्रामा प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ पुष २० गते १४:३५

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरानमा छन्। प्रधानमन्त्री देउवा आज हेलिकप्टरबाट धरान डेु उद्घाटनलगायत कार्यक्रमका लागि धरान पुगेका हुन ।

प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरे । भने

फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीको पनि उद्घाटन गरेका हुन् ।

फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो। धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो। यसको दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता छ।

यो प्रशोधन केन्द्रबाट उत्पादन हुने ग्यास धरानमा चल्ने ट्याम्पो र सफारीमा प्रयोग गरिएको थियो । भने यो योजना सुरूमा २४ करोडमा निर्माण सक्ने भने पनि कोरोनाका कारण लागत २६ करोड पुगेको थियो।

छ।

प्रतिक्रिया