कांग्रेस महोत्तरीको चेतावनी : जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेकाे जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो ।
कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।
यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरित जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको बताउँदै जिल्लाका पूर्वमाहासचिव बजरङ्ग नेपालीले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले आजै कांग्रस महाेत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । साे क्रममा उनले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरे । नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ ।

















स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया