बिहीबार, पुष ३, २०८२

राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता (प्रस्तावसहित)

मेरोन्यूज २०७८ पुष २१ गते १३:४४

काठमाडौं । सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् ।

गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।

सरकारका तहहरुबीचको सम्बध्न सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा हुने संविधानको ब्यवस्था भए पनि यसको पालना राम्रोसँग नभएको संकल्प प्रस्तावमा उल्लेख छ ।

बिना औचित्य सशर्त अनुदानका नाममा स–साना कार्यक्रम तथा योजनाहरु प्रदेश र स्थानीय तहमा पठाउने गरिएको तथा अधिकार र जिम्मेवारी प्रदेश र स्थानीय तहमा गए तापनि विभिन्न परियोजनाको नाममा संस्थागत संरचना थप गर्ने प्रवृत्ति मौलाएको आरोप पनि संकल्प प्रस्तावमा छ ।
प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी रहेकी छन् ।

राष्ट्रिय सभामा बुधबार दर्ता गरिएको यस्तो छ संकल्प प्रस्ताव ः

प्रतिक्रिया