सन्दीप सम्मिलित हुरिकेन्स पराजित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल)मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ । १२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्यो । स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे ।
हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए । त्यस्तै अर्को एक विकेट सर्टको नाममा रह्यो ।यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हुरिकेन्सले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १२६ रनको बनायो । हुरिकेन्सका डीएर्सी सर्टले ३२ रन बनाए । त्यस्तै टिम डेभिडले २८, मिचेल ओवेनले १६ र पिटर ह्यान्डसकम्बले १४ रन जोडे ।
हुरिकेन्सबाट ११औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका सन्दीपले दुई बलमा दुई रन जोडे । स्ट्राइकर्सका पिटर सिडलले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई तथा म्याथ्यु सर्ट र ह्यारी कोनवेले समान एक विकेट हात पारे । हारसँगै हुरिकेन्स ९ खेलमा ४ जित सहित १७ बनाएर चौथो स्थानमा छ ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रतिक्रिया