बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिएको जनगुनासोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘विगतमा यस मन्त्रालय र गृह मन्त्रालयले समेत निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’ विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ ।’

यो पनि पढ्नुहोस्
केएमसीविरुद्ध ३२ दिनदेखि विद्यार्थी आन्दोलित, कलेज प्रशासन मौन
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया