राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन : कमल थापा
मेरोन्यूज
२०७८ पुष २१ गते २०:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनको विरोध गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत् पूर्व अध्यक्ष थापाले राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै भर्त्सना गरेको उल्लेख गरेका छन् ।
३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको उनको भनाइ छ । मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको थापाको भनाइ छ । जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दूर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ ।
मंगलबार अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनित गरेका थिए ।

सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया