ऋचा शर्माकाे ‘कौसिद’काे टिजर सार्वजनिक

काठमाडौं । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेकाे फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको छ ।
टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।
फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।
निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया