कोरोना बढेपछि खुम्चिँदै दलहरु

काठमाडौं । केही दिनयता छिमेकी मुलुक भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।
कोरोना बढेपछि भारतका विभिन्न राज्यहरुमा कफ्र्यू लगाइएको छ भने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरु स्थगित गरिएका छन् ।
भारतका कोरोना बढ्दै जाँदा नेपालमा भने ठूला ठूला सम्मेलन महाधिवेशनहरु भए । छिमेकी मुलुक भारतमा कोरोना फैलिएको कोभिड संक्रमणको कुनै प्रवाह भएन ।
नेपालमा पनि अहिले कोरोना संक्रमण बढ्दै गएको छ ।
बिहीबार मात्रै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना पुष्टी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेका छन् ।
अहिले पनि विभिन्न राजनीतिक दलहरुको भेला सम्मेलनहरु जारी नै छन् । एमालेले शुक्रबारदेखि सबै जिल्लामा अधिवेशन गर्दैछ । ७७ वटै जिल्लाको एकसाथ गर्न लागिएको अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सम्बोधन गर्ने भएका छन् ।
अन्य राजनीतिक दलहरु पनि कोरोना बढ्दै गएपछि खुम्चिन थालेका छन् । राजनीतिक दल तथा विभिन्न संघ संगठनहरुले आफ्नो पूर्व निर्धारित कार्यक्रमरु रोक्न थालेका छन् ।
कोरोनाकै कारण प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ पनि स्थगित गरिएको छ ।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया