कोरोना बढेपछि खुम्चिँदै दलहरु

काठमाडौं । केही दिनयता छिमेकी मुलुक भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।
कोरोना बढेपछि भारतका विभिन्न राज्यहरुमा कफ्र्यू लगाइएको छ भने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरु स्थगित गरिएका छन् ।
भारतका कोरोना बढ्दै जाँदा नेपालमा भने ठूला ठूला सम्मेलन महाधिवेशनहरु भए । छिमेकी मुलुक भारतमा कोरोना फैलिएको कोभिड संक्रमणको कुनै प्रवाह भएन ।
नेपालमा पनि अहिले कोरोना संक्रमण बढ्दै गएको छ ।
बिहीबार मात्रै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना पुष्टी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेका छन् ।
अहिले पनि विभिन्न राजनीतिक दलहरुको भेला सम्मेलनहरु जारी नै छन् । एमालेले शुक्रबारदेखि सबै जिल्लामा अधिवेशन गर्दैछ । ७७ वटै जिल्लाको एकसाथ गर्न लागिएको अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सम्बोधन गर्ने भएका छन् ।
अन्य राजनीतिक दलहरु पनि कोरोना बढ्दै गएपछि खुम्चिन थालेका छन् । राजनीतिक दल तथा विभिन्न संघ संगठनहरुले आफ्नो पूर्व निर्धारित कार्यक्रमरु रोक्न थालेका छन् ।
कोरोनाकै कारण प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ पनि स्थगित गरिएको छ ।
















Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया