प्रदेश १ मा २३ जना कोरोना संक्रमित
मेरोन्यूज
२०७८ पुष २२ गते २०:०१
काठमाडौँ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सात सात, इलाम र झापामा एक एक र प्रदेश बाहिरका दुई जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एक एक र प्रदेश बाहिरका दुई जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आज चार महिलासहित १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया