प्रदेश १ मा २३ जना कोरोना संक्रमित
मेरोन्यूज
२०७८ पुष २२ गते २०:०१
काठमाडौँ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सात सात, इलाम र झापामा एक एक र प्रदेश बाहिरका दुई जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एक एक र प्रदेश बाहिरका दुई जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आज चार महिलासहित १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया