सुदूरपश्चिममा तीव्र गतिमा बढे कोरोना संक्रमित
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस संक्रमण देखिएको छ । बिहीबार एकै दिन १२० जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि बुधबार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा प्रदेशभर ६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा संक्रमण पुष्टि हुँदा पाँच निको भएका थिए ।
सुदूर पश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।
















फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया