क्यासिनोलाई नवीकरण दस्तुर बुझाउन निर्देशन

काठमाडौं । पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो ।
विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आ.व. २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर र आ.व. २०७८/०८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ ।
आ.व. २०७६/०७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्ने छ ।
साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ ।
रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरुमा होटल सांग्रिलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा.लि., तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन, मल्ल होटल परिसरको बेल्लिज नेपाल. र एभरेष्ट हस्पिटालिटी एन्ण्ड होटलको डेल्टइन नेपाल प्रा.लि. छन् ।
त्यस्तै होटल टाइगर रुपन्देहीको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेशनल र काठमाडौँको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रा.लि.छन् ।










पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया