जसपा नेता मञ्जित यादव एमाले प्रवेश

बुटवल । जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शुक्रबार एमालेको नवौं जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका हुन् । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई दोस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश सदस्य गुणाखर भुसालले बताए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया