प्रधानमन्त्री देउवा र ओलीबीच भेट वार्ता सुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने भएको छ ।
प्रधानमन्त्री भएपछि देउवा आफै पहिलोपटक प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । सत्ता गठबन्धन दलमा एमालेले निरन्तर संसदमा गरिरहेको अवरोधलगायत अन्य साझा धारणा बनाउनु पर्ने विषयमा गरिरहेको असहयोग अन्त्य गरी सहमतिको खोजी प्रयास गर्ने उद्देश्यले देउवा बालकोट पुगेका हुन् ।
सत्ता गठबन्धन दलमा यसअगाडि नै आवश्यक परे प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली निवासमै पुगेर भेट गर्ने गरी छलफल चलिरहेको बताएका थिए । हामी ओलीलाई भेट्नै गएर भए पनि निकास खोज्ने प्रयासमा छौँ भनेर प्रचण्डले केही समयअगाडि सार्वजनिक रुपमा बताएका थिए ।
यसका साथै बुधबार सत्ता गठबन्धन दलको राजनीतिक संन्यत्रका संयोजक रामचन्द्र पौडेलले ओलीलाई बालकोट पुगेर संसदको जारी अवरोध खोल्न र एमसीसी पारित गराउन सहयोग गर्न आग्रह गरेका थिए । तर, ओलीले प्रधानमन्त्रीले आफूसँग सल्लाह नै नगरेको बताएका थिए । त्यसपछि बिहीबार र शुक्रबार दुई दिन सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संन्यत्रको बैठकमा यस विषयमा छलफल भएको थियो ।
शुक्रबारको संन्यत्रको बैठकमा प्रधानमन्त्रीले नै ओलीलाई एक पटक भेटेर निर्णायक छलफल गर्ने निर्णय भएको थियो । त्यही निर्णयका आधारमा प्रधानमन्त्री देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया