दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन। यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ देखि २९ सम्म र अन्य पालिकाका बासिन्दाका लागि भने जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ ।
त्यसैगरी प्रशासनमा बनेर आएका परिचयपत्रसमेत ती दुई ठाउँमा पठाइएको छ । इलाका प्रशासन कार्यालय माडीमा वितरणका लागि १० हजार कार्ड पठाइसकिएको छ । महानगरपालिका–१५ सम्मको ३६ हजार परिचयपत्र पठाइएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाबाट क्रमशः महानगरभित्रका सबै वडाको परिचयपत्र वितरण गरिने छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जल्न बाँकी रहेका परिचयपत्र वितरण गर्न लागिएको हो । प्रदर्शनपछि खिचिएका परिचयपत्रहरु अहिले नआएकाले पुराना परिचयपत्र वितरण गर्न लागिएको उनले बताए ।
















दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया