कोरोना कहर
देउवा आइसोलेशनमा, गठबन्धनका शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टी भएपछि सत्ता गठबन्धनका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा प्रचण्डलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो । उनी शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए ।
माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुका साथै प्रचण्डको निजी सचिवालयका अधिकांशलाई कोरोना संक्रमण पुष्टी भएपछि गठबन्धनका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठलाई कोरोना देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेशनमा बसेका छन् ।
प्रधानमन्त्री देउवाको कोभिड–१९ को परीक्षण आइतबार मात्रै हुने भएको छ ।
उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न लगायतका नेताहरु उपस्थित थिए ।
शुक्रबारको संयन्त्रको बैठकमा माओवादी नेता देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी थिए ।
उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रचण्ड निवास खुमलटारमा रहेका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । जसमा उनका स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण पुष्टी भएको थियो ।
त्यस्तै, माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोना संक्रमण भएको छ ।


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया