एसईई वैशाखमा हुने
मेरोन्यूज
२०७८ पुष २५ गते ८:११

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने हुने भएको छ ।
कोरोना महामारीका कारण असारमा मात्रै पठनपाठन शुरु भएकाले एसईई परीक्षा एक महिना ढिला लिन लागिएको हो ।
७७ वटै जिल्ला र पालिकाबाट चैतमहिनाभर पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए ।
गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल भएका थिए । यो वर्षको परीक्षार्थीको संख्या भने निश्चित भएको छैन ।
यसैबीच, यस वर्षको नयाँ शैक्षिक सत्र पनि वैशाखबाट नै सञ्चालन गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया