तालिवानका कार्यवाहक विदेशमन्त्री वार्ता गर्न तेहरानमा
काठमाडौँ । अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गर्ने भएका छन् ।
इरानले तालिवानलाई मान्यताको माध्यमका रुपमा समावेशी सरकार गठन गर्न आग्रह गरेको छ । इरान र छिमेकी देशहरूले अफगानिस्तानमा सबैभन्दा बढी जोड दिएका कुरा भनेको समावेशी सरकारको गठन हो । यसले अफगानिस्तानको जातीय र जनसंख्याको आधारमा रहेको विविधतालाई प्रतिबिम्बित गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले आफ्नो पछिल्लो प्रेस सम्मेलनमा भनेका थिए ।
इरान सरकारले तेहरानमा रहेको अफगान दूतावास तालिवानलाई हस्तान्तरण गर्ने इरानको समाचार वेबसाइटले जनाएको छ । इरानी सरकारले अहिलेसम्म तालिवान सरकारलाई मान्यता दिएको छैन । तर, इरानमा अफगान नागरिकको मामिला हेर्नका लागि तेहरानमा रहेको अफगान दूतावास तालिवानलाई सुम्पिने जनाइएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया