सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ
मेरोन्यूज
२०७८ पुष २५ गते १६:३७

काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ । आज गरेको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
उनको अर्को परीक्षण आगामी शुक्रबार हुने भएको छ । कोरोनाको दोस्रो परीक्षणअघि उनले नियमित भेटघाट बन्द गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् ।
सम्बन्धित
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया