एमाले बैतडीमा सहमति, पाल सर्वसम्मत अध्यक्ष चयन
मेरोन्यूज
२०७८ पुष २५ गते १७:४३
काठमाडौँ । नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो ।
उपाध्यक्षमा यसअघि नै रमिल बम चयन भइसकेका छन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएका छन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ ।
जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफलपछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए ।
राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न. १०का वडाध्यक्ष देवेन्द्र कुवरले बताए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया