पीएम कपमा पुलिसको रोमाञ्चक जित

काठमाडौं । सुदूरपश्चिम एघारलाई दुई रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मुलपानी खेल मैदानमा जितका लागि ९४ रनको विजयी लक्ष्य पाएको सूदुरपश्चिम प्रदेश निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनमा समेटियो । सुदूपश्चिमका गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाउँदा नारायण जोशीले २२ रनको योगदान दिए । यस्तै, खडक बोहोराले १३ रन बनाए ।
पुलिसका आशिफ शेषले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले नौ रन मात्रै खर्चिएका थिए । यस्तै, करण केसी, दीपेन्द्र सिंह ऐरी र पवन सराफले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले कुशल मल्लको २१, पवन सराफको २० र आरिफ शेषको १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
टस हारेर बलिङ पाएको सुदूरपश्चिमको लागि आदित्य महत र नारायण जोशीले सर्वाधिक तीन विकेट लिँदा शेर मल्लले दुई विकेट लिए । जितसँगै समूह ए मा रहेको पुलिसले दुई अंक बटुलेको छ ।


















दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया