शुक्रबार, पुष ४, २०८२

हिमपात भएपछि हवाई सेवा अवरुद्ध

मेरोन्यूज २०७८ पुष २६ गते १८:०९

काठमाडौँ । आइतबार साँझदेखि हिमपात भएपछि हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध हुँदा यात्रु सिमकोटमै बस्नु पर्ने भएका छन् ।

सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए ।

टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए । बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहेका थिए । हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन ।

हिमपात भएपछि किसान भने खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका १ का मनोज विकले बताए ।

हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ ।

प्रतिक्रिया