हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ
मेरोन्यूज
२०७८ पुष २७ गते १०:२७
काठमाडौँ । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुढाथोकी भुजेलको घरमा पाहुना हुन पुगेका थिए । सोमबार बेलुका भुजेलको आँगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको हो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरो प्रहार भए जस्तो देखिएको छ ।
मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ ।
शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया