नेपालमा एकैदिन २४४४ जनामा कोरोना, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष २७ गते १६:१६

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशभरीका विभिन्न प्रयोगशालामा १० हजार ६४८ जनामा पिसिआर परिक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४६३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट ११६०७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १४ हजार ७९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया